सेयर बजारमा एफडीआईको विन्डो खोल्न र एग्री बण्ड जारी गर्न सीबीफिनका अध्यक्ष पवन गोल्यानको सुझाव

अर्थबिट २०७८-१२-१६ ११:२५:०० बजे

काठमाण्डौ। आगामी आर्थिक वर्षको बजेटमा एफडीआई(प्रत्यक्ष बैदेशिक लगानी)को विन्डो खोल्न सुझाव दिइएको छ । 

राजधानीमा हिजो मंगलबार आयोजना भएको वर्तमान आर्थिक अवस्था र आगामी आव २०७९/८० को बजेटका विषयमा भएको अन्तरक्रियात्मक कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले एफडीआईकोको विन्डो खोल्न सुझाव दिएका हुन् । 

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष गोल्यानले तरलता संकट हुने बित्तिकै सेयर बजार अनिश्चित भइरहेको जिकिर गर्दै एफडीआईलाई सहज गर्न आग्रह गरेका हुन् । पछिल्लो समय सेयर बजार निकै उथलपुथल भइरहेको र यो विषय सबैका लागि टाउको दुखाई भइरहेको दाबी गर्दै उनले प्रत्यक्ष बैदेशिक लगानीको विन्डो खोल्न सुझाए । 

गोल्यानले सेयर बजार स्थिर बनाउन र तरलता सहजताका लागि पनि एफडीआईको विन्डो खुल्नुपर्ने तर्क अघि सारेका छन् । “३ वा ५ वर्षका लागि एफडीआई एकचोटि छिरिसकेपछि लैजान नपाउने व्यवस्था गर्नुुपर्छ।”,उनले बताए । 

यसैगरी गोल्यानले नेपाल कृषिप्रधान देश भएका कारण एग्री(कृषि)बण्ड जारी गर्नसमेत सुझाएका छन् । नेपाल सरकारले बिदेशबाट ०.२५ देखि ०.५० प्रतिशत ब्याजदरमा ऋण ल्याई बैंकमार्फत एग्री बण्ड जारी गर्नुपर्नेमा उनको जोड छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।