निक्षेप संकलन एकैदिनमा १४ अर्ब रुपैयाँ थपियो

अर्थबिट २०७८-१२-२२ ११:३३:०० बजे

काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिन १४ अर्ब रुपैयाँले बढेको छ ।  

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २० गते निक्षेप १४ अर्बले बढेर ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप पुगेको हो । चैत १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो।

यस्तै, चैत १९ गते ४३ खर्ब २९ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप १३ अर्वले बढेर ४३ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेपछि कर्जा लगानी भने घटेको छ । कर्जा लगानी १ अर्बले घटेर ४७ खर्ब रुपैयाँमा सीमित भएको छ। चैत १९ गते बैंकहरुको कर्जा लगानी ४७ खर्व १ अर्ब रुपैयाँ रहेको थियो।

चैत १९ गतेसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८४ प्रतिशत रहेकोमा चैत २० गतेसम्म घटेर ९०.५९ प्रतिशत पुगेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।