एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीसमक्ष नाडाकोे आग्रह

अर्थबिट २०७८-१२-२५ ०१:१८:०० बजे

काठमाण्डौ।नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ । 

उक्त भेटघाटमा अध्यक्ष थापाले २ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पु¥याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको नेपालको अटोमोवाइल क्षेत्रलाई नजरअन्दाज गर्दे बैङ्कजस्ता वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागि प्रतितपत्र(एलसी) खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरी दिन आग्रह गरे । 

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका बाबजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे ।

उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिए । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

 

 

                                                                            

 

 

 

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।