विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

RSS २०७८-१२-२९ ०६:२७:०० बजे

काठमाण्डौ।विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको– पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत (समाजवादी)का नेता झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा आर्थिक समस्या उत्पन्न भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ । तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले वर्तमान स्थितिमा मुलुकलाई गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने  बताउनुभयो ।  उहाँले मुलुकलाई सही दिशामा ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको चर्चागर्दै  आगामी निर्वाचनमा सत्तामा रहेका दलहरुबीच गठबन्धन गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो भन्नुभयो । 

नेता खनालले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीयस्तरमा उच्च स्तरीय  गठबन्धन कमिटीले गठन गरेर मार्गदर्शन तयार गर्ने र सोही अनुसार जिल्ला र क्षेत्रमा स्थानीय तहमा गठबन्धनका विषयमा निर्णय गर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री खनालले निर्वाचनका लागि बन्ने गठबन्धन र तालमेल एउटै भएको प्रस्ट पार्नुभयो । उहाँले केन्द्रीय स्तरमा गठबन्धनबीच आपसी निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुने भन्दै नेकपा एकीकृत समाजवादीले कति महानगरपालिकामा प्रमुख, उपप्रमुखको उम्मेदवार दिने सम्बन्धमा गठबन्धन दलबीच छलफलपछि निर्णय हुने जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।