काठमाण्डौ।नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीका ८० लाख अधिक कित्ता सेयर थपिएको छ।
आज मगंलबार दुई लघुवित्त र एक विकास बैंक गरी कुल ३ कम्पनीका सेयर नेप्सेमा सूचीकृत भएको हो दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको छ। नेप्सेले मगंलबार ईन्फिनिटी लघुवित्त, सूर्योदय लघुवित्त र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत गरेको हो।
नेप्सेमा ३ कम्पनीहरुको कुल ८० लाख ७९ हजार ९८९.४२७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।
आर्थिक वर्ष २०७७।७८ का लागि ईन्फिनिटी लघुवित्तले कायम चुक्ता पुँजीको २७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
सूर्योदय लघुवित्तले पनि गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर लाभांश स्वरुप वितरण गरेको हो। यस्तै, महालक्ष्मी विकास बैंकले पनि गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
यसैबीच नेप्सेमा ईन्फिनिटी लघुवित्तको अहिले बोनस सेयर बापतको ८ लाख ९९ हजार ९८।१२७३ कित्ता थप हुँदा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५।८५ कित्ता सेयर सूचीकृत भएको छ। यसै गरी, महालक्ष्मी विकास बैंकको बोनस सेयर बापत ६६ लाख ८४ हजार ८०५।४५ कित्ता सेयर सूचीकृत भएको छ।
आज सूचीकृत भएका ३ कम्पनीका सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आएपछि मात्र गर्न मिल्नेछ ।