आइपीओ निष्काशनका लागि २ लघुवित्तले दिए धितोपत्र बोर्डमा आवेदन

अर्थबिट २०७९-०१-०७ ०९:०७:०० बजे

काठमाण्डौ।आइपीओ निष्काशनको अनुमति माग गर्दै २ लघुवित्त कम्पनीले  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

अभियान लघुवित्त र आत्मनिर्भर लघुवित्तले सेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । सेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

यसैगरी आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर निष्काशनको अनुमति माग गरेको हो ।सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।