काठमाण्डौ।नयाँ वर्षको अवसरमा एनआईसी एशिया क्यापिटलले निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सुविधासहित पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्क छुट अफर ल्याएको छ ।
नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट बैशाख १ गतेदेखि आषाढ मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्क छुट दिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र ग्राहकमूखी सेवा उपलब्ध गराई रहेको बताएको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा उक्त “एक नेपाली, एक डिम्याट खाता” सहित पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ ।