बजारबाट एकैदिन २२ करोड रुपैयाँ बढीको सानिमा बैंकको संस्थापक सेयर कसले किन्यो?

अर्थबिट २०७९-०१-१२ ०९:००:०० बजे

काठमाण्डौ।हिजो आइतबार नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंकको संस्थापक सेयर १० लाख कित्ता बराबर २२ करोड १० हजार रुपैयाँमा कारोबार सम्पन्न भएको छ ।

अर्थबिट स्रोतका अनुसार कर्मचारी सञ्चय कोषले हिजो आइतबार ब्रोकर नम्बर ४९ मार्फत् सानिमा बैंकको संस्थापक सेयर १० लाख कित्ता रु. २२०.०१ का दरले २२ करोड १० हजार रुपैयाँमा खरिद गरेको हो ।  

स्टक ब्रोकर नम्बर ४७ नीभ सेक्युरिटीज र स्टक ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज बीच १० लाख कित्ता सानिमा बैंकको संस्थापक सेयर रु.२२०।०१ का दरले खरिदबिक्री सम्पन्न भएको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।