इडीआइएस भएन ? क्लोजआउटमा परिएला नि ?

अर्थबिट २०७९-०१-१२ ०१:४९:०० बजे

काठमाण्डौ।सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरबाट इडीआइएस(इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लिप) नहुने समस्या बढ्दै गइरहेको छ ।

सेयर बिक्री पश्चात बिक्रेताले सेयर हस्तान्तरण गर्नका लागि इडीआइएस गर्नुपर्ने हुन्छ अर्थात् भारित औसत लागत निक्र्यौल गरी सिडिएससीको मेरो सेयर पोर्टलबाट सेयर हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर सिडिएससीको मेरो सेयरमा प्राविधिक समस्या भएका कारण बिक्रेताले इडीआइएस गर्न असमर्थ हुने गरेको लगानीकर्ता तथा ब्रोकरहरुको भनाइ छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानले एप र सर्भरबीच कनेक्सन टुट्दा कहिलेकाहीँ इडीआइएस नहुने बताए । अहिलेसम्म यस किसिमको इस्यू नआएको उनले दाबीसमेत गरे । 

मेरो सेयर एपबाट मात्रै इडीआइएस नभइरहेको सन्दर्भमा मेरो सेयरको वेब भर्सनबाट भने सहजै सेयर हस्तान्रण हुन्छ ।

मेरो सेयर एपमार्फत इडीआइएस नभएको खण्डमा वेब भर्सनबाटै इडीआइएस गरी क्लोजआउटबाट जोगिन जानकारहरुको सुझाव छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।