एनआइसी एशिया क्यापिटलको‘९९ प्रतिशत प्रफिट योजना’ सञ्चालनमा,निःशुल्क पीएमएस सुविधा

अर्थबिट २०७९-०१-२४ ०३:१९:०० बजे

काठमाण्डौ।एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत पहिलो पटक ‘९९% प्रोफिट योजना’ सार्वजनिक गरेको छ । 

एनआईसी एशिया क्यापिटलले ‘हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९% हजुरको हातमा’ भन्ने अभियान सहित सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई  सेयर बजारमा भित्र्याई समग्र सेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सीमित अवधिका लागि ‘९९% प्रोफिट योजना’ सञ्चालन गरेको छ । 

उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्स फी लिने जानकारी दिएको छ ।यस योजनामा सहभागीले न्यूनतम १० लाख रुपैयाँ देखि कम्तीमा १ वर्ष अवधि हुनुपर्नेछ । 

यस ९९% प्रोफिट योजना अन्तर्गतको सेवाले सेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रो सँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको बताएको छ । 

 साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ । जसले गर्दा बजारमा आउने उतारचडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्ने क्यापिटलको भनाइ छ । 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।