काठमाण्डौ।वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको तथ्याङ्कमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको पाइएको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या
७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।