एनआईसी एशिया क्यापिटलद्वारा थप २ कम्पनीलाई ‘आइडिया टू आइपीओ’ सेवा उपलब्ध गराउने

अर्थबिट २०७९-०२-०३ ०९:०२:०० बजे

काठमाण्डौ।एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । 

सोही सेवा अन्तर्गत पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी (प्रा.लि.) र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनी (प्रा.लि.) लाई संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने गरी तीन पक्षीय सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल आइपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आइपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आइपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।