नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स ब्यवसायीलाई प्रशिक्षण

अर्थबिट २०७९-०२-२७ ०५:२४:०० बजे

बुटवल।नाडाअटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्र««ेनिङ सम्पन्न भएको छ । 

आज शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्र««ेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखे । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता विकास आवस्यक रहेको बताए । 

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषय प्रकाश पारे । उहाँले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए । 

त्यसै गरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन ेगरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने,‘कर छलीमा राजश्व अनुसन्धानले सून्य सहनशीलताको नीति अपनाउने धारणा राखे । 

कार्यक्रमको अध्यक्षता गर्नु भएका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्यकार्यक्रमहरु पनि संचालनगर्ने बताए ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल थिए ।

कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

 

 

 

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।