आदर्श लघुवित्तको आइपीओ आजदेखि बिक्री खुला

अर्थबिट २०७९-०३-०१ १०:०१:०० बजे

काठमाण्डौ।आदर्श लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । 

लघुवित्तको  ६७ लाख रुपैयाँ बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन भएको हो । 

जसमध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ  ।  लगानीकर्ताले असार ५ गतेसम्म आइपीओमा आवेदन दिन सक्ने छन्  ।  सेयर निष्काशनको लागि बीओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ  । 

हाल कम्पनीको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकोमा आइपीओ निष्काशनपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्ने छ  । 

कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।