अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि

RSS २०७९-०३-०३ १४:३२:०० बजे

काठमाण्डौ।अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । 

फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।

गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महंगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमानहरू अर्थविद्हरूले गरेका छन् ।

यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिंदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।