काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज जीवन विकास लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।
शुक्रबार नेप्सेमा जीवन विकास लघुवित्तको ४२ लाख ५८ हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
जीवन विकास लघुवित्तका शेयरधनीहरुको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा बिक्री गर्न मिल्नेछ ।