काठमाण्डौ।बिहीबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ ।
उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताए । र साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिए ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गर्दछ । यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ आउँदो भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरिदिन आग्रहसमेत गरे । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।