बराह सहकारी पीडितहरुले धरानमा गुहारे राजनीतिक दलका नेता(भिडिओसहित)

अर्थबिट २०७९-०३-३० ०८:३३:०० बजे

धरान।सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगरेको भन्दै बराह पीडित संघर्ष समितिले राजनीतिक दल गुहारेका छन् ।

बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको अरबौँ रकम फिर्ता नगरेपछि सहकारी विरुद्ध चरणबद्ध रुपमा आन्दोलित बनेको बराह पीडित संघर्ष समितिले धरानका विभिन्न राजनीतिक दलका नेताहरु गुहारेका हुन् । बुधबार धरानमा बराह पीडित संघर्ष समिति र नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादीका नेताहरु बीच बृहत छलफल भएको थियो । उक्त छलफलमा धरानका राजनीतिक दलका नेताहरुले साथ दिने बताए । 

बराह पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाका अनुसार १३ हजार ५५४ सर्वसाधारणको ७ अर्ब रुपैयाँ बढी बचत रहेको दाबी छ । 

बराह पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोला:

नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल

नेकपा एमालेका नगर अध्यक्ष हर्क एभेङ्ग

नेकपा माओवादी केन्द्र नगर उपाध्यक्ष 

जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बू 

एकीकृत समाजवादीका नगर अध्यक्ष रेवती राई 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।