काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेढ(नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ ।
भर्खरै प्राथमिक शेयर निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएसँगै अब उक्त कम्पनीको शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ‘एडीएलबी’कोड प्रदान गरेको जनाएको छ । नेप्सेले उक्त कम्पनीको सुरुवाती शेयरमूल्य सीमा समेत तोकिदिएको छ । नेप्सेका अनुसार लघुवित्तको न्यूनतम रु.१२२.८८ देखि रु.३६८.६४ मूल्य सीमाभित्र रहेर पहिलो कारोबार सम्पन्न हुनुपर्नेछ ।
भोलि मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको ‘एडीएलबी’कोड बाट न्यूनतम रु.१२२.८८ देखि रु.३६८.६४ मूल्य सीमाभित्र पहिलो कारोबार सम्पन्न भएपश्चात नियमित कारोबार समयमा उक्त कम्पनीको शेयर किनबेच हुनेछ ।