मंगलबार किन भएन आदर्श लघुवित्तको शेयर कारोबार ?

अर्थबिट २०७९-०४-०३ ०४:००:०० बजे

काठमाण्डौ।धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि आज मंगलबार आदर्श लघुवित्तको शेयर खरिदबिक्री हुन सकेन । नेपाल स्टक एक्सचेञ्जले पहिलो कारोबारका लागि दिइएको मूल्यको सीमाभित्र खरिदकर्ता तथा बिक्रीकर्ताबीचको आदेश कार्यान्व्यन हुन सकेन जसका कारण नियमित कारोबारमा समेत उक्त कम्पनीको शेयर किनबेच भएन ।

भर्खरै प्राथमिक शेयर निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर हिजो सोमबार नेप्सेमा सूचीकृत भएको थियो र आज स्पेशल प्रिओपन सेसनमा उक्त कम्पनीको शेयर म्याचिङ नभएका कारण नियमित कारोबार समयमा समेत किनबेच हुन नसकेको हो।

कम्पनीको २ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ र कम्पनीको शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ‘एडीएलबी’कोड प्रदान गरेको  छ । नेप्सेले उक्त कम्पनीको सुरुवाती शेयरमूल्य सीमा समेत तोकिदिएको छ । नेप्सेका अनुसार लघुवित्तको न्यूनतम रु.१२२.८८ देखि रु.३६८.६४ मूल्य सीमाभित्र रहेर पहिलो कारोबार सम्पन्न हुनुपर्ने थियो ।

भोलि बुधबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको  ‘एडीएलबी’कोड बाट न्यूनतम रु.१२२.८८ देखि रु.३६८.६४ मूल्य सीमाभित्र पहिलो कारोबार सम्पन्न भएपश्चात नियमित कारोबार समयमा उक्त कम्पनीको शेयर किनबेच हुनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।