‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

अर्थबिट २०७९-०४-०४ १०:१७:०० बजे

काठमाण्डौ।ग्लोबल आइमई क्यापिटलको  ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ नामको सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ। 

आज साउन ४ गते बैंकिङ समय पश्चात यस योजना  निष्कासन तथा बिक्री बन्द हुने  छ ।

यो योजना १ अर्ब २० करोड आकारको बन्दमुखी प्रकृतिको योजना हो ।  क्यापिटलले योजनाको  प्रति इकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको छ । १२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५० प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखिएको छ । जसमध्ये बाँकी रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले  आवेदन दिन सक्ने छन् । 

उक्त निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यो योजना ग्लोबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ । यो १० वर्षे अवधिको बन्दमुखी योजना योजना हो ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।