मेयर हर्क साम्पाङद्वारा बराह सहकारीलाई कार्वाही प्रक्रिया अघि बढाउन निर्देशन(भिडिओसहित)

अर्थबिट २०७९-०४-०७ १८:०७:०० बजे

धरान।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको सम्पत्ति छानविन गरी आवश्यक कार्वाही प्रक्रिया बढाउन निर्देशन दिएका छन् ।

सहकारी विभागद्वारा गरिएको पत्राचार र बराह सहकारी पीडित संघर्ष समितिको निवेदन उपर मेयर साम्पाङले उपमेयर अइन्द्र बिक्रम बेघालाई कार्यदल गठन गरी सञ्चालक समितिको सम्पत्ति छानविन गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसहितको टोलीले सहकारीको करोडौं रकम सञ्चालकहरुले अपचलन गरी बचत रकम फिर्ता नदिएको विषयमा शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गर्न गरिदिन दिइएको निवेदन र गत साउन ४ गते सहकारी विभागद्वारा धरान उपमहानगरपालिकाका विषयमा भएको पत्राचार उपर कार्यदल गठन गरी बराह सहकारीका सञ्चालकहरुको सम्पत्ति छानविन गर्न प्रक्रिया अघि बढाइएको छ ।

गत साउन १ गते धरान उपमहानगरपालिकाले आवश्यक कार्वाहीका लागि सहकारी विभागलाई सिफारिस गरेको थियो र सोही पत्रको जवाफ दिंदै सहकारी विभागलाई साउन ४ गते पत्राचार गर्दै बराह बचत तथा ऋण सहकारी संस्थाका विषयमा आवश्यक निर्णय तथा कामकार्वाही गर्ने क्षेत्राधिकार उपमहानगरपालिकै रहेको र सोही बमोजिम गर्न आदेश दिइएको थियो ।

सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले हजारौं बचतकर्ताहरुको रकम अपचलन गरेका  सञ्चालकहरुको सम्पत्ति र बैंक खाता अविलम्ब रोक्का गर्नुपर्ने बराह सहकारी पीडित संघर्ष समितिको माग छ ।

धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाको प्रतिवेदन अनुसार अध्यक्षमा मान बहादुर विश्वकर्मा,उपाध्यक्ष विष्णुमाया विश्वकर्मा,सदस्यहरुमा गंगा बहादुर कालिकोट,विष्णु कुमारी तुलाधर,अम्बर बहादुर विश्वकर्मा,शुभराज खाती,फूलमाया राई र कानूनी सल्लाहकार अबईन्द्र निरौला रहेका छन् । सो संस्थाको लेखा सुपरिवेक्षण समितिमा सुदिन वि.क.,शर्मिला ताम्राकार र कुमार वि.क. छन् भने ऋण उपसमितिमा गंगा बहादुर कालिकोटे,श्रीमान महत क्षेत्री र अस्मिता भण्डारी छन् ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।