बराह सहकारी पीडितहरु पुनः हर्क साम्पाङको शरणमा,सयौं सर्वसाधारण गर्जिए(भिडिओसहित)

अर्थबिट २०७९-०४-०८ १४:१५:०० बजे

धरान।धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले हजारौं सर्वसाधारणबाट अरबौं रकम बचतका रुपमा उठाएर बचतकर्ताहरुको रकम फिर्ता नगरेपछि पीडितहरुले कार्वाहीको दायरामा ल्याउन दबाब दिएका छन् ।

आज आइतबार पुनः बराह सहकारी पीडितहरुले छानविन र सञ्चालकहरुको सम्पत्ति तत्काल रोक्का गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेका हुन् । 

बराह बचत तथा ऋण सहकारीले ५ हजार हाराहारी सदस्य र गैर सदस्यहरु करिब ८ हजार सर्वसाधारणबाट कुल ८ अर्ब रुपैयाँ बढी रकम बचतका रुपमा उठाइएको बताइएको छ । तर सहकारीमा आवद्ध शेयर सदस्य तथा गैर शेयर सदस्यबाट बचत गरिएको अरबौं रकम फिर्ता गर्न अटेर गरेको र पटक पटक भुक्तान दिने भन्दै झुक्याएपछि आजित भएका बचतकर्ताहरुले सहकारी विभाग र धरान उपमहानरपालिकामा न्यायका लागि भौंतिरदै आवाज बुलन्द गरिरहेका छन् । पीडितहरुले बराह सहकारीका सञ्चालक र व्यस्थापन समितिका पदाधिकारीहरुको तत्काल सम्पत्ति छानविन र बैंक खाता रोक्का गर्न आग्रह गर्दै आज मेयर हर्क साम्पाङसमक्ष पुनः पुगेका थिए ।

हेरौं सम्पूर्ण भिडिओः

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।