बराह सहकारीबाट ठगिएका ८८ वर्षीय वृद्ध जो पुगे हर्क साम्पाङको कार्यकक्षमा (भिडिओसहित)

अर्थबिट २०७९-०४-०८ ०८:५३:०० बजे

धरान।धरानको बराह बचत तथा ऋण सहकारी संस्थाले हजारौं सर्वसाधारणबाट अरबौं रकम बचतका रुपमा उठाएर अपचलन गर्ने क्रममा सयौं वृद्धवृद्धाको खाई नखाई राखेको रकम फिर्ता गरेको छैन । जसमध्ये धरान १६ निवासी काशीनाथ सुवेदीको बचत ९ लाख ६० हजार रुपैयाँ समेत सहकारीले भुक्तान गरेको छैन ।

आज आइतबार ८८ वर्षीय सुवेदी दम्पती धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमक्ष बराह बचतमा राखेको बचत फिर्ता गर्नका लागि सकी नसकी पुगे । पिसाब सम्बन्धी गम्भीर समस्या भई अपरेसन गर्ने पैसाको अभावमा थलिएका सुवेदी दम्पतीले अर्थबिटसमक्ष भावबिह्वल अवस्थामा आफ्नो गुनासो पोखे ।

आइतबार बराह सहकारीबाट सयौं पीडितहरुको हुलमा भेटिएका सुवेदी दम्पतीले मेयर हर्क साम्पाङलाई समेत भेटेका थिए ।

हेर्नुस् भिडिओः

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।