काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा हिमालयन बैंक लिमिटेडको २१.३८ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
आज बुधबार हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस शेयरले हुन आउने २ करोड २८ लाख ४३ हजार २४८ दशमलव नौ सात कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि बिक्री गर्न मिल्नेछ ।