काठमाण्डौ।नारायणी डेभलपमेन्ट बैंक लि. ले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई प्रति कित्ता अंकित मुल्य रु. १०० दरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि.लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज सोमबार ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा नारायणी डेभलपमेन्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
चितवन जिल्लाको रत्ननगर न.पा., टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पूँजी रु. ५३ करोड र जारी पुँजी रु. २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।