खप्तड लघुवित्तको आइपीओ बिक्री खुला

अर्थबिट २०७९-०५-०८ १०:२७:०० बजे

काठमाण्डौ।खप्तड लघुवित्त वित्तीय संस्थाले आज बु्धबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको छ । 

कम्पनीले  आज भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।  बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  

आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशन तथा बिक्री प्रबन्धका रुपमा प्रभु क्यापिटल रहेको छ ।  

खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलाली जिल्लाको गोदावरी १ मा रहेको छ  ।

नेपाल धितोपत्र बोर्डले भदौ ५ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्काशन)सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधनसमेत गरेको छ । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । यसअघि अधिकतम रु.१०० सम्म सिआस्वा तिर्नुपरिरहेको बाध्यतालाई अब अधिकतम रु.५ मा नै आइपीओ आवेदन दिन मिल्ने खप्तड लघुवित्त पहिलो कम्पनी भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।