काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको उक्त बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा बिक्री गर्न सकिनेछ ।