एनसीसी बैंकद्वारा नगद लाभांशलाई नै जोड, रु.८५ करोड बढी नगद लाभांश वितरण गर्ने

अर्थबिट २०७९-०६-३० १०:५१:०० बजे

काठमाण्डौ।पछिल्लो समयमा नेप्सेमा सूचीकृत कम्पनीहरुले नगद लाभांशलाई जोड दिँदै लाभांश प्रस्ताव गरिरहेका छन् । यसैबीच एनसीसी बैंकले पनि लाभांश घोषणा गरेको छ । 

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को लाभांश प्रस्ताव गरेको हो । बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी  एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया  नगद लाभांश गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।  

गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्ने एनसीसी बैंक तेस्रो बाणिज्य बैंक बनेको छ  ।  यस अगावै सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन्  ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।