'सानिमा ग्रोथ फण्ड' म्युचुअल फण्ड योजनाको इकाई आजदेखि बिक्री खुला, दोस्रो बजारमा ७ रुपैयाँ हाराहारीमा फालाफाल

अर्थबिट २०७९-०७-१६ ११:०२:०० बजे

काठमाण्डौ।सानिमा क्यापिटलले आज कात्तिक १६ गतेबाट सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ । 

क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड नामक ११ वर्षे बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ अर्थात् प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।क्यापिटलले १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई छुट्याईएको छ । यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको छ ।  बाँकी रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्यूनतम १०० कित्ता र अधिकतम पूरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा कात्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कात्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

सानिमा क्यापिटलद्वारा सञ्चालित तथा यसअघि नै निष्कासन भएको सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको हाल दोस्रो बजारमा क्रमशः प्रति इकाई रु.९.९४ र ७.२५ मा खरिदबिक्री भइरहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।