काठमाण्डौ।एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको १३ प्रतिशत बोनस शेयर र ७।६८ प्रतिशत नगद लाभांश गरी कुल २०।६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।