नेप्सेमा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको शेयर सूचीकृत,मंगलबारदेखि कारोबार खुला हुने

अर्थबिट २०७९-०७-२८ ०१:५७:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ।

सोमबार खप्तड लघुवित्तले सर्वसाधारण र कर्मचारीको लागि निष्कासन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ लाख ६८ हजार कित्ता गरी कुल ४ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।यसैगरी सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो। 

सिक्लेसले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो।

सोमबार नेप्सेमा सूचीकरण भएसँगै यी दुवै कम्पनीको शेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। 

खप्तड लघुवित्तको पहिलो कारोबारको लागि नेप्सेले १०१.०७ देखि ३०३.२१ ओपनिङ्ग रेञ्ज तोकेको छ भने सिक्लेस हाइड्रोपावरको पहिलो कारोबारको लागि ११६.८६ देखि ३५०.५८ मूल्य रेञ्ज तोकेको छ।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

खप्तड लघुवित्तको स्टक सिम्बोल ‘केएलबिएस’रहेको छ भने सिक्लेस हाइड्रोपावरको ‘एसआइकेएलइएस’संकेतमा शेयर कारोबार खुला हुनेछ। 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।