काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ग्लोबल आइएमई बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मंगलबार बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजन पश्चात् बैंकको शेयरमूल्य रु.२४४.०८ कायम गरिएको छ ।
यही समायोजित मूल्यका आधारमा भोलि बुधबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ ।