केन्द्रीय बैंकद्वारा ब्याजदरमा समायोजन

अर्थबिट २०७९-०८-०८ १४:२४:०० बजे

काठमाण्डौ। श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार आफ्नो स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः १४.५० प्रतिशत र १५.५० प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।

मौद्रिक बोर्डले आन्तरिक तथा विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित पछिल्लो र अपेक्षित घटनाक्रमका साथै समष्टिगत आर्थिक प्रक्षेपणलाई ध्यानमा राखेर उक्त निर्णय गरेको बैंकले जनाएको छ ।

बोर्डले अर्थतन्त्रमा कुनै पनि मागमा आधारित मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न कडा मौद्रिक नीतिको अडानमा अडिग रहनु आवश्यक रहेको उल्लेख गरेको छ ।

यसले दक्षिणपूर्वी एशियाली मुलुकलाई आर्थिक बर्षको मध्यमा ४ देखि ६ प्रतिशतको लक्षित सीमातर्फ मुद्रास्फीति घटाउन मद्दत पुग्ने बैङ्कले जनाएको छ । 

आपूर्ति पक्षको अनुकूल विकास र कडा मौद्रिक नीतिका उपायहरूका कारण सेप्टेम्बरमा शिखर पार गरेपछि अक्टोबरमा मुद्रास्फीति घटेको बैङ्कले जनाएको छ ।  

मागमा आएको गिरावट, आन्तरिक आपूर्तिमा अपेक्षित सुधार र विश्वव्यापी वस्तुको मूल्य सामान्यीकरणका कारण आगामी महिनाहरूमा मुद्रास्फीति दरमा निरन्तर कमी आउने बैङ्कले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।