मितेरी बैंकको लाभांश घोषणा,बोनस र नगद कति?

अर्थबिट २०७९-०८-१९ ११:०२:०० बजे

काठमाण्डौ।केन्द्रीय कार्यालय धरान रहेको मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । 

बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले  आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले  १२.३५ प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.एघार करोड पन्ध्र लाख त्रिहत्तर हजार तीन सय छयसठ्ठी र पैसा सतसठ्ठी र कर प्रयोजनको लागि ०.६५ प्रतिशतले हुने रकम रु.अन्ठाउन्न लाख बहत्तर हजार दुईसय बयासी र पैसा छयालिस वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ९० करोड ३४ लाख २८ हजार रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीमा वितरण हुनेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।