मिटर ब्याजीको प्रमाण सङ्कलनमा प्रहरी

अर्थबिट २०७९-०८-२६ ०८:४३:०० बजे

चितवन।मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको प्रमाण सङ्कलनमा प्रहरी लागेको हो ।

मिटर ब्याजीले रकम दिएको र ऋणीले लिएको प्रमाण खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सहमति हुन नसकेर १३ उजुरी कारबाहीका लागि प्रहरी कार्यालय आएको छ । ती उजुरीमाथि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । केही उजुरीका विषयमा सरकारी वकिल कार्यालयसँग राय माग्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्म २३ उजुरी परेका थिए । तीमध्ये एउटा उजुरीको सहमति भएको छ भने दुई उजुरी छालफलका क्रममा रहेका छन् । अन्य सात उजुरीको विपक्षी उपस्थित नभएकाले छलफल बाँकी रहेको कार्यालयका नायब सुब्बा विशाल श्रेष्ठले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।