हालसालै आइपीओ निष्कासन गरेका ३ कम्पनी नेप्सेमा सूचीकृत,कति –कतिमा खुल्दैछ कारोबार?

अर्थबिट २०७९-०८-२७ ०२:४८:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २ हाइड्रो र एक लघुवित्त कम्पनीको आइपीओ सूचीकृत भएको छ । 

मंगलबार इष्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्तको शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै भोलि बुधबारदेखि ३ वटैकम्पनीका शेयर कारोबार गर्न सकिनेछ । 

नेप्सेमा इष्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सूचीकृत भएको हो । 

भोलिदेखि किनबेच गर्न सकिने ३ वटै कम्पनीका लागि नेप्सेले सुरुवाती मूल्यसीमा समेत तोकिदिएको छ । नेप्सेले इष्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेन्ज तोकेको छ। त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। त्यसैगरी श्रृजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ रुपैयाँ देखि  ९०६ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ।

इष्टर्न हाइड्रोको शेयर इएचपीएल, पिपुल्स हाइड्रोको शेयर पीएचसीएल र श्रृजनशील लघुवित्तको शेयर एसएचएलबी सिम्बलबाट कारोबार हुने नेप्सेले जानकारी दिएको छ।

तीन वटै कम्पनी भोलि बुधबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित कारोबार समय(११–३) मा शेयर कारोबार हुनेछ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।