एचआईडिसीएलले ५ प्रतिशत बोनस शेयर दिने,बुक क्लोजको मिति पनि तय

अर्थबिट २०७९-०८-२९ ११:५८:०० बजे

काठमाण्डौ।हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसीएल) ले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ  ।

यसैबीच कम्पनीले पुस २६ गते साधारणसभा आह्वानसमेत गरेको छ भने साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।