काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नबिल बैंकसहित ५ कम्पनीको मूल्य समायोजन गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ नबिल बैंकसहित ५ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले आइतबार शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन नबिल बैंकको १८.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् बैंकको शेयरमूल्य रु.७२१ दशमलव १० कायम गरिएको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको नेप्सेले मूल्य समायोजनपश्चात् उक्त इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रु.५९१ दशमलव ६५ कायम गरेको छ ।
यसैबीच नेप्सेले यस दिन महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् बैंकको शेयरमूल्य रु.३३३ दशमलव ६५ कायम गरिएको छ । यस्तै आज नै नेप्सेले हिमालयन बैंकको पनि ८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । मूल्य समायोजनपश्चात् उक्त बैंकको शेयरमूल्य रु.३३८ दशमलव ०६ कायम भएको छ । यस्तै बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस शेयर नेप्सेले समायोजन गरेको छ । मूल्य समायोजनपश्चात् कम्पनीको शेयरमूल्य रु.३२२ दशमलव ३८ कायम गरिएको छ ।
नेप्सेले आइतबारको कारोबार दिनको अन्तिम मूल्यका आधारमा नबिल बैंकसहित ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा नबिल बैंकसहित ५ वटै कम्पनीको शेयर कारोबार खुल्नेछ।