नेप्सेमा २ कम्पनीको नयाँ शेयरमूल्य निर्धारण

अर्थबिट २०७९-०९-२१ ०७:२६:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्सको नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र मेरो माइक्रोफाइनान्सको मूल्य समायोजन गरसँगै नयाँ शेयरमूल्य निर्धारण भएको हो । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेसँगै नेप्सेले आज प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यस दिन इन्स्योरेन्सको १४.५२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् इन्स्योरेन्सको शेयरमूल्य रु.६८९ दशमलव ७२ कायम गरिएको छ । यसैगरी नेप्सेले आज नै मेरो माइक्रोफाइनान्सको पनि शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यस दिन मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् माइक्रोफाइनान्सको शेयरमूल्य रु.८५८.०९ कायम गरिएको छ । 

नेप्सेले आजको कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्स र माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यका आधारमा आगामी साताको आइतबार दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।