शेयर बजारका २९ वर्षीय लगानीकर्ता जो सवा ४ अर्बको कम्पनीमा डाइरेक्टर बने

अर्थबिट २०७९-०९-२२ ०९:२६:०० बजे

काठमाण्डौ।शेयर बजार प्रवेश गरेको छोटो समयमै नेप्सेमा सूचीकृत कम्पनीको उच्च तह बोर्ड डाइरेक्टरका रुपमा सुजन बानियाँको इन्ट्री भएको छ । 

बानियाँ शुक्रबार बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(बीएचडीसी)को वार्षिक सर्वसाधारणबाट सर्वसाधारणका तर्फ डाइरेक्टरका रुपमा चुनिएका हुन् । कम्पनीको चुक्ता पूँजी  रु. १ अर्ब ५ करोड र बजार पूँजीकरण रु.४ अर्ब २० करोड रहेको छ । करिब सवा ४ अर्ब रुपैयाँ बजार पूँजीकरण भएको कम्पनीमा २९ वर्षकै उमेरमा बोर्ड डाइरेक्टरका रुपमा बानियाँले छलाङ मारेका छन्,जुन आगामी दिनमा शेयर बजारमा भविष्य देखेर आउने युवाहरुका लागि अनुकरणीय हुनेछ ।

को हुन् सुजन बानियाँ?

शेयर बजारको ग्लामर बिछट्टै छ । नाम र दाम दुवै अथाह कमाउन सक्ने क्षेत्र पनि मानिन्छ । नेपाली धितोपत्र बजारमा पछिल्लो समय युवाहरुको क्रेज निकै लोभलाग्दो छ । छोटो समयमा नाम र दाम कमाउन सफल युवा शेयर लगानीकर्ता हुन्,सुजन बानियाँ । 

सुजन बानियाँ काठमाण्डौ ६ चावहिल सरस्वतीनगरका स्थायी बासिन्दा हुन् । स्नातक तहमा अध्ययनरत उनी शेयर बजारमा ६ वर्षदेखि सत्रिय छन् । १८ वर्षकै कलिलो उमेरदेखि अटो व्यवसाय गर्दै आएका उनी शेयर बजारबाटै करोडपति बन्न सफल लगानीकर्ता हुन् । उनले शेयर बजारबाटै काठमाण्डौमै घरजग्गासमेत जोडेका छन् ।  

२९ वर्षीय उनी पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा धेरै युवाहरुका लागि रोलमोडलसमेत बनेका छन् । 

 

 

 

 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।