काठमाण्डौ।स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ नयाँ कार्यसमितिमा बन्द सत्रले सर्वसम्मतिमा कालिका सेक्युरिटीज प्रा.लि.का नरेन्द्र सिजापतीलाई अध्यक्ष चयन गर्ने भएको छ ।
ब्रोकर्स एसोसिएसनको अध्यक्षमा हालसम्म गुणनीधि भुसाल र धर्मराज सापकोटाले दाबी गरेका छन् । स्रोतका अनुसार आज दिउँसो २ बजेदेखि सुरु हुने बन्द सत्रमा सौहार्दपूर्ण वातावरणमा दाबी फिर्ता लिन लगाउने र सर्वसम्मतिमा नरेन्द्र सिजापतीलाई नै चयन गर्ने बताइएको छ । यद्यपि चुनावी माहौल सिर्जना हुन पुगे अधिकांश ब्रोकरहरु सिजापतीलाई नेतृत्व सुम्पने स्रोत जिकिर गर्दछ ।
आज दिउँसो २ बजे हुने बन्द सत्रले नयाँ अध्यक्ष चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन हुनेछ ।
को हुन् नरेन्द्र सिजापती?
नरेन्द्र सिजापती स्टक ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटीज प्रा.लि.का अध्यक्ष हुन् । वि.सं.२०६९ सालदेखि २०७१ सम्म अध्यक्षसमेत भइसकेका उनी सरोकारवाला निकाय,मिडिया र नियामक निकायसँग सहकार्यमा अब्बल र कुशल नेतृत्व क्षमता राख्छन् ।