सापकोटा बने ब्रोकर एसोसिएसनको अध्यक्ष, नयाँ कार्यसमितिमा को को छन् पदाधिकारी?

अर्थबिट २०७९-०९-२३ ११:२५:०० बजे

काठमाण्डौ।स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा धर्मराज सापकोटाले जीत हासिल गरेका छन् । 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ नयाँ कार्यसमितिको शनिबार सम्पन्न चुनावमा स्टक ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीज प्रालिका अध्यक्ष धर्मराज सापकोटा अध्यक्ष चयन भएका हुन् ।उनी यसअघि महासचिव र उपाध्यक्ष पदको अनुभव बटुलिसकेका छन् । 

सापकोटा नेतृत्वको नयाँ कार्यसमितिमा उपाध्यक्ष ब्रोकर नम्बर ४१ की सरिता अधिकारी,महासचिव ब्रोकर नम्बर ५२ का फणिन्द्र ढकाल,सचिव ब्रोकर नम्बर २५ का सुयोग अधिकारी र कोषाध्यक्षमा ब्रोकर नम्बर ५८ का मदन पौडेल रहेका छन् । बिशाल अग्रवाल,मित्रलाल श्रेष्ठ,प्रियन्सु अग्रवाल र प्रज्वल उप्रेती कार्यसमितिका सदस्य चुनिएका छन् । 

नवनिर्वाचित अध्यक्ष सापकोटाले २८ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिष्पर्धी स्टक ब्रोकर नम्बर ५७ का एमडी गुणनीधि भुसालभन्दा १६ मत मात्र हासिल गरे । 

नरेन्द्र सिजापतीलाई ब्रोकर्स एसोसिएसनको अध्यक्षमा पुनरागमन गराउने अथक प्रयास निरर्थक भएसँगै अन्तिम समयमा एसोसिएसनको अध्यक्ष पदका लागि भने चुनाव भएको थियो । कुल  ९ सदस्यीय नयाँ कार्यसमितिका अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु भने सर्वसम्मतिमा चयन भएका हुन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।