धकधइमा निर्धन उत्थान लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम वितरण

विशाल भुसाल २०७९-११-१६ ०९:२२:०० बजे

रुपन्देही।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धकधइको आयोजनामा सोमबार रोहिणी गाउपालिका वार्ड न.एक चनुलिमा ग्रामीण कर्जा बीमा क्षतिपूर्ति रकम वितरण कार्यक्रम सम्पन्न भएको छ । 

रोहिणी गाउँपालिकास्थित चनुली गाउँमा भएको कार्यक्रममा शाखाको चनुली महिला समुहकी अध्यक्ष जडावती लोहारको प्रमुख आतिथ्य, शाखाको लेखापाल सुरेश बहादुर थारुको सञ्चलान मा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कर्मचारी दिपेन्द्र यादव र रेनु चौधरीले स्थानीय स्तरमा लघुवित्त सामाजिक उत्तरदायित्व अन्तर्गतका सम्पूर्ण सुविधाको बारेमा सहभागीहरुलाई अवगत गराएका थिए । 

स्व. रसबुन निशाको छोरा एकलाख अहमद खानलाइ बीमा क्षतिपूर्ति रकम रु. ६लाख पचास हजार मात्र शाखा प्रमुख जिबुप्रकाश सुवेदीले केन्द्र प्रमुखको रोहवरमा वितरण भएको थियो। कार्यक्रममा सुवेदीले २०५० साल पौष १ गते शाखा स्थापना भई शाखाले ३ दशकको अवधिमा धेरै सामाजिक कार्य गरिसकेको र अझै ग्राहकमैत्री सेवा दिन संस्था तत्पर रहेको चरम आर्थिक संकटको समयमा समेत ग्राहकमैत्री कार्यक्रम ल्याएको प्रकाश पारे । साथै संस्थाले बीमा लगायत सुत्केरी पोषण उच्च शिक्षा छात्रवृत्ति गम्भीर रोग उपचार सहयोग प्राकृतिक प्रकोप राहत उद्यमशीलता सन्देश लघुउद्यम सीप विकास कार्यक्रम लगायत ग्राहकमैत्री कार्यक्रम समय सापेक्ष ल्याउँदै जाने बताए ।  कार्यक्रममा केन्द्र सदस्य लगायत स्थानीय बुद्धिजिवीको उपस्थितिमा सम्पन्न भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।