काठमाण्डौ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेलाटारी नवलपरासीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै रानीनगर वनकट्टा महिला समूहकी सदस्य बासमती सारुकोको परिवारलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ।
शाखाले मृतक सदस्य बासमती सारुको हकवाला उनको बुहारी सरजहान अन्सारीलाइ रु. ३ लाख ९७ हजार २५ रुपैया हस्तान्तरण गरेको छ। बिनय त्रिवेणी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष उमेश कार्की र निर्धन उत्थान बेलाटारी शाखाका शाखा प्रबन्धक लक्ष्मण सापकोटाले संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरे । बीमा क्षतिपूर्ति कार्यक्रमका सभापति रानीनगर वनकट्टी मसकी खुस्बुन नेशा , प्रमुख अतिथि बिनय त्रिवेणी गापा, वडा ७ का अध्यक्ष उमेश कार्की , बिशिष्ट अतिथि शाखा प्रबन्धक लक्ष्मण सापकोटा , अतिथि कर्जा अधिकृत लङ्क बहादुर बुढा, कर्मचारी राजेन्द्र कुमार चौधरी रहेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले निर्धन उत्थानको सामाजिक उत्तरदायित्व कार्यक्रम अत्यन्तै राम्रो रहेको र अझ राम्रो हँुदै जाओस र समूहका सदस्यले कर्जाको सदुपयोग गर्नुपर्ने जिकिरसमेत गरे।शाखा प्रबन्धक सापकोटाले संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा बारे प्रकाश पारेका थिए । कार्यक्रममा करिब ३० जना स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वरिष्ठ लेखापाल झबिन भण्डारीले गरेका थिए ।