भर्खरै आइपीओ निष्काशन गरेका २ कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कति तोकियो रेन्ज ?

अर्थबिट २०७९-११-१८ १२:५६:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ कम्पनीको शेयर सूचीकृत भएको छ । 

नेप्सेमा आज(बिहीबार) शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको हो । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र शुभम पावर लिमिटेड (नेप्से सिम्बोल एसपीएलआई) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष मुक्तिनाथ क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। यसरी आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा वितरण गरिएको १९,४२० कित्ता (०.९७५६०, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको ५,८०८० २९.०३६) कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १४,००,००० (७० प्रतिशत) कित्ता शेयर (धितोपत्र) समेत गरी जम्मा २०,००,००० (१०० प्रतिशत) कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७२–११–१७ गतेको निर्णयानुसार  स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण नेप्सेले जनाएको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता रु.८८.४८ देखि २६५.४४ रेन्ज नेप्सेले तोकेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट अर्थात आगामी साताको आइतबार यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठामाण्डौ जिल्ला, कमलादीमा रहेको र सूचीकरण पश्चात् दिनु पर्ने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठण्डौबाट हुने बताइएको छ ।

यसैगरी आज कै दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सुपर मादी हाइड्रोपा लिमिटेड (नेप्से सिम्बोल एसएमएसएल) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भए २,१०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधा समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो। यसरी आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुमा वितर गरिएको १०,५०,००० कित्ता (५१६), सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएक २१,००,००० (१० प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको १,७८,५०,००० कित्ता (८५ प्रतिशत) शेयर (धितोपत्र) समेत गरी जम्मा २,१०,००,००० (१००) कित्ता साधारण शेयर वितरण भई धितोप सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९–११–१७ गतेको निर्णयानुसार  स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको नेप्सेले जानकारी दिएको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९९.८० देखि २९९.४० रेन्ज नेप्सेले तोकेको छ । 

आज बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड र उक्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात् आउँदो आइतबारबाट स्टक एक्सचेन्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय काठमाण्डौ जिल्ला डिल्लीबजारमा रहेको र सूचीकरण पश्चात् दिनु पर्ने आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाण्डौबाट हुने छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।