काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा गत बिहीबार २ कम्पनीको शेयर सूचीकृत भएसँगै पहिलो कारोबार आज खुल्दैछ ।
नेप्सेमा गत बिहीबार शुभम् पावर लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको थियो । सूचीकृत भएसँगै ती कम्पनीहरुको दोस्रो बजारमा पहिलो कारोबार आज(आइतबार)बाट खुल्दैछ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र शुभम पावर लिमिटेड (नेप्से सिम्बोल एसपीएलआई) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७२–११–१७ गतेको निर्णयानुसार स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण नेप्सेले जनाएको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता रु.८८.४८ देखि २६५.४४ रेन्ज नेप्सेले तोकेको छ ।
यसैगरी गत बिहीबार नै नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सुपर मादी हाइड्रोपा लिमिटेड (नेप्से सिम्बोल एसएमएसएल) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भए २,१०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको थियो । पहिलो कारोबारका लागि प्रतिकित्ता रु.९९.८० देखि २९९.४० रेन्ज नेप्सेले तोकेको छ ।
उपर्युक्त २ कम्पनीको पहिलो कारोबार आज(आइतबार) स्पेशल प्रि–ओपन सेसन(१०ः३०–१०ः४५) मा भएमा नियमित कारोबार समय(११–३) बजे हुनेछ ।