काठमाण्डौ।जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनानुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यस अघि आर्थिक वर्ष २०७८–७९ को मुनाफा हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
अब कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुने छ ।