युरोपेली बैंकहरू बलिया छन्- फ्रान्सेली केन्द्रीय बैंक प्रमुख

अर्थबिट २०७९-१२-०३ ११:१६:०० बजे

पेरिस।युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।  अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार  सो टिप्पणि गरेका हुन् । 

उनले भने यस क्षेत्रका  बैङ्कहरू "अत्यन्तै ठोस" आकारमा छन्  ।  दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ ।  समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट $ ५४  अर्बसम्म ऋण लिनु परेको छ।  युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिदै सो टिप्पणी गरेका हुन् । 

"फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्" उनले भने ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।