नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, नगद मात्रै रु.५ करोड १० लाख शेयरधनीले पाउने

अर्थबिट २०७९-१२-१२ १०:४७:०० बजे

काठमाण्डौ।नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै सो लाभांश शेयरधनीमा वितरण गरिनेछ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।